काठमाडौं – नेपाल जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको २५औं वार्षिक साधारणसभाबाट अनुपबहादुर मल्लको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको छ।
कार्यसमितिका सदस्यमा ज्ञानेन्द्रलाल प्रधान, सन्तोषचन्द्र कुँवर, नरेशलाल श्रेष्ठ, कविन्द्रनाथ ठाकुर, उत्तम भट्टराई, समिकबिक्रम शाह, भक्तबहादुर हमाल, एलेक्सलाल मोक्तान, प्रमोदराज सत्याल, ताइजेस सुन्दरलाल कक्षपति र सुवाशिष थपलिया चयन भएको नेपाल जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: ८ असार २०७६ ०७:१८ आइतबार