८ कार्तिक २०८१ बिहीबार
image/svg+xml
अर्थ

आर्थिक विकासबारे भक्तपुरमा राष्ट्रिय सम्मेलन हुने

भक्तपुर - विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ख्वप कलेज भक्तपुरले आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयमा दुईदिने राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। सम्मेलन आगामी जेठ ३१ शुक्रबार र ३२ गते शनिबार भक्तपुरमा हुने कलेजले जनाएको छ।

आयोजक कलेजका प्रचार्य रुपक जोशीले समग्र मुलुकको आर्थिक विकासमा सहयोग पु-याउने उद्देश्यका साथ पहिलो पटक सम्मेलन गर्न लागेको जानकारी गराए। सम्मेलनमा विभिन्न पेपर प्रस्तुति हुने प्राचार्य जोशीले जनाए। संस्थागत, व्यक्तिगत र विद्यार्थी गरी तीन वर्गबाट विविभन्न विषयमा प्रस्तुति हुने उनले जनाए।

एकाउन्टेन्सी, फाइनान्स, मार्केटिंग, फाइनान्सियल मार्केट, लेबर रिलेसन, इन्टरनेसनल ट्रेड, इकोनोमिक ग्रोथ एन्ड डेभलपमेन्ट, ह्युमन रिसोर्स म्यानेजमेन्ट, प्रोडक्सन एन्ड अपरेसन म्यानेजमेन्ट, इन्टरप्रियनर्स डेभलपमेन्ट, बैंकिङ एन्ड इन्सुरेन्स तथा अन्य म्यानेजमेन्टसँग सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गर्न सकिने जनाइएको छ। त्यसका लागि विभिन्न विज्ञलाई आह्वान गरिसकेको कलेजले जनाएको छ।

सम्मेलनमा देशभरबाट एक सयदेखि एक सय ५० जनाको सहभागिता रहने कलेजको अपेक्षा छ। २०५८ मा स्थापित कलेजले स्थापनाको २० वर्षको उपलक्ष्यमा २०७८ मा अन्तर्राष्टिय सम्मेलन गर्ने योजना रहेको जनाएको छ। सम्मेलन तीन चरणमा हुने जनाइएको छ। उद्घाटन, टेक्निकल सेक्सन र समापन हुने जनाइएको छ। सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न राजन फाँजूको संयोजकत्वमा विभिन्न समिति गठन गरिएका छन्।

कलेज भक्तपुर नगरपालिकाद्वारा सञ्चालित यो कलेज स्थानीय निकायबाट सञ्चालित देशकै एउटै कलेज हो। देश र जनताप्रति समर्पित भन्ने नाराका साथ भक्तपुर नगरपालिकाले यो बाहेक ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ गरी सातवटा कलेज सञ्चालन गरेको छ।

 

प्रकाशित: ३ जेष्ठ २०७६ ०२:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App