काठमाडौं – सिभिल बैंक लिमिटेडले जाजरकोट जिल्लाको शिवालय गाँउपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कर्णाली प्रदेशसभा सदस्य करवीर शाहीले उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ ।
कार्यक्रममा सिभिल बैंकका प्रमुख माइक्रो बैंकिङ युवराज गुरागाईं, जाजरकोट जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल, शिवालय गाँउपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाही, उपाध्यक्ष कुमारी थापा लगायत प्रतिनिधि सहभागी भएको जारी विज्ञप्तिमा उल्लेख छ । अब बैंकको शाखा संख्या ७४पुगेकोे छ ।
प्रकाशित: २४ चैत्र २०७५ ०७:३६ आइतबार