७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पर्यटन प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय कवि सम्मेलन

काठमाडौं– गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले ‘पर्यटनको लागि साहित्य, साहित्यको लागि पर्यटन’ नाराका साथ चैत २९ र ३० गते भानुभक्त आचार्यको जन्मघर चुँदीरम्घामा अन्तर्राष्ट्रिय कवि सम्मेलन गर्ने भएको छ।

पाँचौं क्षेत्रप्रताप स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा देश–विदेशका ६० भन्दा बढी साहित्यकारको सहभागिता रहने संस्थाका अध्यक्ष आकाश अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिए। ‘सम्मेलनमा भारत, बंगलादेश, भुटानबाट साहित्यकार आउने निश्चित भइसकेको छ। चीन, जापान लगायत देशका साहित्यकारसँग समन्वय भइरहेको छ तर आउने निश्चित भइसकेको छैन,’ अधिकारीले भने।

भानुभक्त आचार्यको काम व्यक्तित्व विश्वसामु परिचित गराउने, चुँदीरम्घालाई साहित्यिक तिर्थस्थल र भाषिक केन्द्रको रूपमा विकास गर्ने उद्देश्यले कवि सम्मेलन आयोजना गरिएको अधिकारीले बताए।

सो अवसरमा तनहुँका साहित्यकारका लेख रचना प्रकाशित गीतल गुन्जन १ नामक पुस्तक विमोचन हुनेछ। यस वर्षको क्षेत्रप्रताप स्मृति पुरस्कार काभ्रेका स्रष्टा मोहन दुवाललाई दिइने भएको छ। यस्तै, गीतल प्रभात युवा राष्ट्रिय पुरस्कार पुरु लम्साललाई र गीतल प्रभात प्रतिभा पुरस्कार दुर्गाकिरण तिवारीलाई प्रदान गर्ने निर्णय भएको आयोजकले जानकारी दिएको छ।

२९ गते ग्रामीण पर्यटन तथा होमस्टे प्रवद्र्धन समेतको उद्देश्यले पाहुँनालाई एक रात रानागाउँस्थित होमस्टेमा स्वागत–सत्कार गर्ने र पहिलो चरणको रात्रिकालीन कार्यक्रम होमस्टेमै गर्ने र दोस्रो चरणमा भानुभक्तको जन्मघर शिखर कटेरीमा मौलिक बाजागाजा सहित साहित्यिक पदयात्रा, कविहरुको हस्ताक्षर र अभिव्यक्ति संकलनको कार्यक्रम हुनेछ र अन्तिम चरणमा भानुजन्मस्थल विकास समिति परिसरमा अन्य कार्यक्रम सम्पन्न गरिने आयोजकले जनाएको छ।

प्रकाशित: २२ चैत्र २०७५ ०६:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App