९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

मेगा बैंकको नाफा ८६ प्रतिशतले बढ्यो

काठमाडौं – मेगा बैंक नेपाल लिमिटेडले दोस्रो त्रैमासिक अवधिसम्म ७३ करोड रुपैँया खुद मुनाफा आर्जन गरेको छ। 
आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासिक अवधिसम्म आइपुग्दा बैंकले ७३ करोड २० लाख रुपैँया मुनाफा आर्जन गरेको हो। पहिलो त्रैमासमा ४० करोड ४५ लाख खूद मुनाफा आर्जन गरेको थियो। 

बैंकको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको दोस्रो त्रैमासिक अवधिसम्म बैंकले ३९ करोड ३६ लाख मुनाफा गरेको थियो। गत वर्षको सोही अवधिको तुलनामा बैंकले ८६ प्रतिशत बढी मुनाफा आर्जन गर्न सफल भएको छ। 

२०७५ पौष मसान्तमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको कूल निक्षेप २५ अर्ब २८ करोडले वृद्धि भई ७० अर्ब ८५ करोड रुपैँया पुगेको छ जुन ५५ प्रतिशतको वृद्धि भएको हो। त्यसैगरी, कर्जा तथा सापटी २५ अर्ब ८ करोडले वृद्धि भई ६५ अर्ब ८५ करोड कायम भएको छ जुन ६२ प्रतिशतको वृद्धि हो। 

देशभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, ८५ वटा एटिएम सञ्जाल, ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु रहेको मेगा बैंकका २,३०० भन्दा बढी मेगा रेमिट एजेण्ट छन्।

प्रकाशित: २४ माघ २०७५ ०५:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App