१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

महिन्द्राका नयाँ डिजेल जेनेरेटर नेपाली बजारमा

काठमाडौं– महिन्द्रा ग्रुपअन्तर्गत रहेको महिन्द्रा पावरले विभिन्न रेन्जका डिजेल जेनेरेटरहरु नेपाली बजारमा ल्याएको छ। २५०–३२० केभिए सम्मका जेनेरेटरमा महिन्द्राका एम पावर सिरिज इन्जिन लगाइएको छ। 

चेन्नईस्थित महिन्द्रा रिसर्च केन्द्रमा गरिएको खोज तथा अनुसन्धान र पुणेनजिकै अवस्थित चकन प्लान्टमा निर्मित नयाँ रेन्जका जेनेरेटरमा एम पावर सिरिजका साथै नयाँ प्रविधियुक्त सिआरडी इन्जिनहरु विद्यमान रहेका छन्। सहजै एक स्थानबाट अर्को स्थानमा लैजान सकिने ५ केभिएको कम्प्याक्ट जेनेरेटर पनि कम्पनीले बजारमा प्रस्तुत गरेको छ। 

सिआरडी इन्जिनहरु चुस्त एवं विशेष किसिमले निर्माण गरिएको छ। यसमा कमन रेल डिजेल इन्जिन प्रविधि प्रयोग गरिएको छ। इन्धन किफायत गर्न तथा ठूला ठूला कार्य गर्नको लागि आवश्यक सिआरडीई प्रविधिको प्रयोग गरिएको छ। यसले उत्सर्जनका मान्यताअनुरुप वातावरण प्रदूषण हुनबाट जोगाउँछ। 

महिन्द्रा पावरका डिजेल जेनेरेटर सेटहरु कम्पनीका देशभर रहेका आधिकारिक सञ्जालमार्फत खरिद गर्न सकिनेछ। 

प्रकाशित: १२ मंसिर २०७५ १३:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App