काठमाडौं – कोकाकोलाले पेट बोतल पुनःप्राप्ति परियोजनाको विस्तार गरेको जनाएको छ। यस अन्तर्गत कोकाकोला फाउन्डेसन र बोटलर्स नेपाल (तराई) लिमिटेडले भरतपुर चितवन नजिकै बोटल संकलन केन्द्र स्थापना गर्ने जनाएको छ।
उक्त परियोजनामा दुई लाख ७० हजार डलर लगानी गर्ने पनि कम्पनीले जनाएको छ। क्रिएसनसँगको साझेदारीमा यो परियोजनाले स्थानीय नगरपालिका, व्यापार प्रतिष्ठान, नागरिक र फोहोर संकलकसँग सहयोग लिने विज्ञप्तिमार्फत जनाएको छ।
प्रकाशित: १२ कार्तिक २०७५ ०६:२६ सोमबार