२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एनआइसी एसिया बैंकमा अस्ट्रेलियन डलर बिक्री सुरु

काठमाडौं – एनआइसी एसिया बैंक लिमिटेडले आफ्नो सेवालाई अझ विस्तार गर्दै बजारमा अभाव रहेको अस्ट्रेलियन डलर नगद आयात गरी बिक्री सुरु गरेको छ। बैंकसँग हाल अमेरिकी डलर, अस्ट्रेलियन डलर लगायत विदेशी मुद्राको नगद यञ्चित यथेष्ट रहेको बैंकले जनाएको छ।

प्रचलित विनिमय दर बमोजिम ग्राहकको आवश्यकता अनुसार निर्वाध सटही सुविधा प्रदान गरिरहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैंकले बिदा मनाउन, अध्ययन गर्न र अन्य विभिन्न सिलसिलामा विदेश जाने नेपालीका लागि सम्बन्धित देशको मुद्रा आवश्यक पर्ने हुँदा त्यस्ता मुद्राको सरल सटहीको सुविधा उपलब्ध गराउँदै आएको छ।

अध्ययन तथा भ्रमण लगायत अन्य कामका लागि विदेश जाने ग्राहकले विदेशी मुद्रा खरिदका लागि आफ्नो म्याद नसकिएको भिसा र प्लेन टिकट साथमै लिएर आउनुपर्ने बैंकले जनाएको छ।

प्रक्रिया पु-याएर आउने ग्राहकले भिसा युएसडी प्रिपेड कार्डसमेत ढुक्कसँग खरिद गर्न सक्ने बैंकले जनाएको छ।

बैंकले हालका लागि काठमाडांैभित्रका सबै शाखाबाट  सहज रूपमा विदेशी मुद्रा उपलब्ध हुने व्यवस्था मिलाएको छ।

प्रकाशित: २१ आश्विन २०७५ ०५:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App