२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पूर्वपश्चिम राजमार्गलाई एसियाली बैंककाे बीस अर्ब बढी ऋण सहयाेग

काठमाडौं - एसियाली विकास बैंकले पूर्वपश्चिम राजमार्गको सुधारका लागि करीब रु २० अर्ब ७० करोड ऋण उपलब्ध गराउने भएको छ। बैंक सञ्चालक समितिको मनिलामा सम्पन्न विहिवारको बैठकले उक्त बाटो मर्मत सम्भारका लागि सो रकम नेपाल सरकारलाई ऋण स्वरुप प्रदान गर्ने निर्णय गरेको हो।

नेपालको आन्तरिक तथा बाह्य व्यापारको प्रमुख मार्गका रुपमा रहेको उक्त बाटो सुधारपछि नेपालको यातायात पद्धति सुदृढ हुनाका साथै राष्ट्रिय तथा क्षेत्रीय सम्पर्क विस्तारमा योगदान पुग्ने विश्वास उक्त बैंकले व्यक्त गरेको छ। बैंकको प्रधान कार्यालयले विहिवार एक वक्तव्य जारी गरेर उक्त बाटोको स्तरोन्नति पछि नेपालको व्यापार प्रवर्द्धनमा टेवा पुग्ने र सडक सुरक्षामा पनि सुधार आउने अपेक्षा गरेको छ। 

प्रकाशित: १८ आश्विन २०७५ १०:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App