६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडाैं- धितोपत्र बजारमा अाइतबार शेयरको मूल्यमा दोहोरो अङ्कले गिरावट आएको छ। अघिल्लो साता सकारात्मक बिन्दुमा पुग्दै कारोवार रकम र कारोबार सूचकमा समेत वृद्धि भएको बजार दोहोरो अङ्कले ओरालो लागेको हो। नेपाल स्टक एक्सचेञ्चका अनुसार शेयर कारोबार सूचक नेप्से १०.४७ बिन्दुले घटेर एक हजार २५६.७१ बिन्दुमा पुगेको छ। यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक समेत २.१४ बिन्दुले घटेर २६७.०९ बिन्दुमा पुगेको छ। 

कूल १६६ कम्पनीको २० लाख ८२ हजार ९२० कित्ता शेयर रु ५८ करोड २२ लाख ५० हजार ८२८ मूल्यमा खरिद बिक्री भएका छन्। आज व्यापार उपसमूहबाहेक अरू सबै उपसमूहको शेयर मूल्य ओरोलो लागेको छ। व्यापार १.८६ बिन्दुले बढ्दा बैंकिङ ९.१८, होटल ३५.२२, विकास बैंक २२.३६, जलविद्युत् १.१३, फाइनान्स ३.४६, निर्जीवन ५८.२८, उत्पादन ३५.२६,अन्य ५.०६, माइक्रोफाइनान्स १५.७ र जीवन बीमा १९.०१ बिन्दुले घटेको छ। 

प्रकाशित: १४ आश्विन २०७५ ०९:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App