८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

कोकाकोलाको नयाँ प्रवद्र्धन योजना

काठमाडौं – ‘सयौं सम्बन्धको कयौं भावना’ शीर्षक दिएर कोकाकोलाले नयाँ प्रवद्र्धन योजना ‘मन खोलौं कोकसँग’ सार्वजनिक गरेको छ । यो योजनाको मुख्य आशय हजारौं सम्बन्धका अनगिन्ति भावनासँग कोक जोडिएको छ भन्ने रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । यो योजनाले मुख्यतः १६ विभिन्न मानवीय भावनालाई समेटेको छ । जसमा माया, साथ, खुसी, रमाइलो, मित्रता, हौसला, श्रद्धा, मिलन, सहयोग, जमघट र हाँसो छन्।

अभियानकोे मुख्य उद्देश्य हरेक व्यक्तिको जीवन र भावनालाई प्रभाव पार्ने अनन्य सम्बन्धहरुको याद राख्नु हो । कोकको बोतलमा हुने लेबललाई यो दसैंको समयमा मानवीय भावनालाई पारिवारिक सम्बन्धको नियमितताको रुपमा अंकित गरिएको छ । यी सुनौला लेबलहरुले पर्वको झल्को दिने विषयवस्तु समेटेका छन् । कोकाकोलाका यी प्याकहरुले आफ्ना प्रियजनमा उत्साह तथा भावना आदानप्रदान गर्ने अवसर प्रदान गर्ने कम्पनीको दाबी छ।

कोकाकोलाले साथीभाइ तथा परिवारलाई वर्षभरि र जुनसुकै उत्सवको समयमा विशेष रुपमा जोडिएर रहन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको दाबी गरेको छ । केही वर्षअघि कोकोकोलाले आश्र्चयजनक रुपमा सार्वजनिक गरेको अनौठो विश्वव्यापी क्याम्पेन सेयर अ कोकले प्रियजनबीचको भावनात्मक सम्बन्ध बलियो बनाएको उसको दाबी छ। 

गत वर्ष कोकाकोलाले ‘शेयर अ कोक’ क्याम्पेनको नेपाली भर्सन मन खोलौं कोकसँग ल्याएको थियो । त्यो सम्बन्धमा केन्द्रित थियो । त्यसको भाव परिवारका सदस्यलाई नजिक र सँगै लिएर आउने भन्ने थियो । यो वर्ष अझ एक कदम अगाडि बढेर कोकाकोलाले ग्राहकलाई आफ्नो मनपरेको व्यक्तिसँग भावना बाँड्न प्रोत्साहन गर्ने विज्ञप्तिमा उल्लेख छ । मानवीय भावनासँग केन्द्रित रहेर यसको ट्यागलाइनलाई सयौं सम्बन्धका कयौं भावना बनाइएको पनि विज्ञप्तिमा उल्लेख छ।

यस क्याम्पेनको विषयमा टिप्पणी गर्दै कोकाकोलाका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, ‘नेपालभरका कोकाकोला ग्राहकको चाडपर्व अझ बढी स्पेसल बनाउन कोकाकोलाले विनम्र तरिकाले गत वर्ष मन खोलौं कोकसँग ल्याएको थियो । हामी सम्बन्धहरुलाई विशेष प्राथमिकतामा राखी उत्सवको रुपमा मनाउँछौं । त्यसका लागि यो वर्ष हामी हाम्रा ग्राहकलाई कोक र आफ्ना भावनाहरु आफ्ना मनपरेका व्यक्तिसँग बाँड्न अभिप्रेरित गर्नेछौं । कोकाकोलाको बोतलमा ग्राहकले विशेष भावना, जस्तो माया, साथ, मित्रता, मिलन, सहयोग, श्रद्धा आदि पाउनेछन् जुन आफ्नो परिवार र साथीहरुसँग साटासाट सकिन्छ।’

बोट्लर्स नेपालका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले यो विशेष दसैं क्याम्पियन घोषणा गर्न पाउँदा ज्यादै खुसी भएको बताए । हामी सम्बन्ध बनाउन यी लेबलहरुले अझ सहयोगीको काम गर्नेछन् भन्ने कुरामा अत्याधिक खुसी भएका छौं।’

क्याम्पेनमा प्रियंका कार्कीले आफ्नो ड्राइभरलाई ‘सधैं सहयोगी हात बढाएकोमा’ लेबल भएको कोकको बोतल दिन्छिन् । त्यसैगरी स्वास्तिमा खड्काले श्रीमान निश्चललाई कोकको ‘निश्चल मायाका लागि’ भन्ने कोक दिन्छिन् भने निश्चल बस्नेतले स्वस्तिमालाई ‘सुख, दुःखको साथको लागि’ लेबल भएको कोक दिन्छन्।

कुटुम्बका ब्यान्ड मेम्बरहरुले एक अर्कालाई अटुट साथको लागि, नदेखिने हौसलाको लागि, सधैं खुसी रहेकोमा, रमाइला ती जमघटका लागि, चुलबुले मित्रका लागि, तिमी छौ हाँसो छ जस्ता लेबल भएका कोक बाँडेका थिए।

 

प्रकाशित: ११ आश्विन २०७५ ०४:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App