काठमाडौं – जनता अवकाश कोष सञ्चालक समिति बैठकले कोषको आर्थिक वर्ष २०७४/०७५ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूची तथा अन्य वित्तीय विवरण स्वीकृत गरेको छ।
कोषले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट कोषमा सहभागी बचत र सञ्चयकर्तालाई उनीहरुको गत असार मसान्तमा कायम बचत मौज्दातको १ प्रतिशतका दरले मुनाफा वितरण गर्ने निर्णय गरेको छ। सो बराबरको रकम सहभागीको सम्बन्धित खातामा असोज १ गते जम्मा भइसकेको कोषले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ।
प्रकाशित: २ आश्विन २०७५ ०५:३८ मंगलबार