२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

निसान गाडीको फेस्टिभ ड्राइभ

काठमाडौं – निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक कम्पनी पायोनियर मोटोकर्पले मंगलबारदेखि निसान गाडीका लागि ‘फेस्टिभ ड्राइभ’ उपहार योजना सुचारू गरेको छ।

निसान फेस्टिभ ड्राइभ योजनाअन्तर्गत नाडा अटो सोमा आएका ग्राहकले बुकिङ गरेबापत योजनाको अन्त्यमा नगद २७ हजार बराबारको रेडमी नोट ५ मोबाइल फोन प्राप्त गर्न सक्ने छन्। 

नाडा अटो सोमा पायोनियर मोटोकर्पले फाइनान्स र किस्ताबन्दीको प्रावधान पनि लागू गरेको छ । जसअन्तर्गत १४ हजार ६ सय ११ सम्मको न्यून मासिक किस्ता तिर्ने प्रावधान रहेको छ। 

नाडा अटो सो सुरु भएको दिनदेखि लागू भएको योजना दसैंतिहारसम्म लागू हुने बताइएको छ । यो योजनाबाट ग्राहकले ४९ हजारसम्मको एसेसोरिज, एक वर्षको निःशुल्क बिमा, एक वर्षसम्म सडक कर निःशुल्क, तीन वर्षको वारेन्टि र सर्भिसिङ, तत्काल फाइनान्स र एक्सचेन्जको सुविधा र ६ लाखसम्मको नगद् छुट प्राप्त गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित: २७ भाद्र २०७५ ०४:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App