१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

एनबिआई–जनता सम्झौता

काठमाडौं – नेसनल बैंकिङ इन्स्टिच्युट (एनबिआई) र जनता बैंक नेपालबीच तालिम सञ्चालनसम्बन्धी सम्झौता भएको छ।

सम्झौता अनुसार एनबिआईले जनता बैंकका कर्मचारीको कार्यदक्षता विकासका लागि विभिन्न तालिम दिनेछ। जनता बैंकले एनबिआईबाट न्यूनतम ५० लाख रुपैयाँ बराबरको वार्षिक तालिम सञ्चालन गराउने जारी विज्ञप्तिमा उल्लेख छ।

सम्झौतापत्रमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र एनबिआईका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरेको बैंकले जनाएको छ।

प्रकाशित: १७ भाद्र २०७५ ०५:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App