१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

मेगा बैंकबाट १५ हजार मासिक किस्तामा गाडी

काठमाडौं – मेगा बैंक नेपाल लिमिटेड र नारायणी अटो बिजनेस प्राइभेट लिमिटेडबीच सरल किस्तामा अटो लोन प्रदान गर्ने सम्झौता भएको छ।  

नारायणी अटो बिजनेस प्राइभेट लिमिटेडबाट गाडी किन्न चाहने ग्राहकलाई मेगा बैंकले सरल, सहज र सुलभ दरमा १० वर्षसम्म वित्तीय सुविधा प्रदान गर्ने सम्झौता भएको हो । सम्झौतापत्रमा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नारायणी अटो बिजनेस लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक अनुपकुमार बरालले हस्ताक्षर गरेको बैंकले विज्ञप्तिमार्फत जानकारी गराएको छ।

सम्झौता अनुसार, नारायणी अटो बिजनेस लिमिटेडबाट कुनै पनि कम्पनीका गाडी लिँदा ग्राहकले १० वर्षसम्मको वित्तीय सुविधा पाउने छन् । जसमध्ये अल्टो, वागेन आर र सेलेरियो गाडीमा ३५ प्रतिशत डाउन पेमेन्ट गरेपछि १५ हजार मासिक किस्तामै गाडी किन्न सकिनेछ । ग्राहकले साढे १२ प्रतिशत ब्याजमा अटो लोन लिन सक्ने बैंकले जनाएको छ । प्रक्रिया सुरु गरेको २४ घन्टाभित्रै निर्णय र सात कार्य दिनमै कर्जा प्रवाह गरिने बैंकले जनाएको छ । यो सम्झौतापछि ग्राहकलाई सस्तोमा गाडी लिन सहज हुने बैंकको विश्वास छ।

प्रकाशित: १५ भाद्र २०७५ ०५:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App