काठमाडौं – गरिमा विकास बैंक लिमिटेड र एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ।
गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र एभरेस्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सो सेवाअन्तर्गत बैंकका ग्राहकले एभरेस्ट इन्स्योरेन्सका विभिन्न प्रकारका बिमा सेवा प्राप्त गर्न, बिमा शुल्क भुक्तानी गर्न, बिमालेख लिन तथा बिमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्नेछन्।
सो सेवा गरिमा विकास बैंकका सम्पूर्ण शाखाबाट उपभोग गर्न सक्ने व्यवस्था मिलाइएको जारी विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: १४ भाद्र २०७५ ०६:२७ बिहीबार