काठमाडौं – नेसनल बैंकिङ इन्स्टिच्युट (एनबिआई) र प्रभु बैंकबीच तालिम कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता भएको छ। सम्झौता अनुसार एनबिआईले प्रभु बैंकका कर्मचारीको कार्यदक्षता विकासका लागि विभिन्न तालिम उपलब्ध गराउने छ।
सम्झौतापत्रमा प्रभुका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एनबिआईका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरेको जारी विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: १४ भाद्र २०७५ ०६:०२ बिहीबार