काठमाडौं – एभरेस्ट बैंक धनगढी शाखा र धनगढी नेत्रालयले एकदिने आँखा शिविर आयोजना गरेका छन् । धनगढी उपमहानगरपालिका १० नम्बर वडा कार्यालय घुइया घाटमा भएको आँखा शिविरमा १५ सय बिरामीको आँखा परीक्षण गरिएको बैंकले जनाएको छ।
आँखा शिविरमा निःशुल्क परामर्श, शल्यक्रिया, औषधि तथा चस्मा प्रदान गरेकोे जारी विज्ञप्तिमा उल्लेख छ । धननगढी नेत्रालयका वरिष्ठ चिकित्सकको संलग्नतामा उक्त शिविर सञ्चालन भएको हो।
प्रकाशित: १३ भाद्र २०७५ ०४:४१ बुधबार