काठमाडौं – जनता बैंक नेपाल लिमिटेडले कर्णाली प्रदेशको जुम्लामा तीनदिने बृहत् स्वास्थ्य तथा आँखा शिविर गरेको छ।
संस्थागत सामाजिक उत्तरदायित्वमा ग्रामीण स्वास्थ्यलाई प्राथमिकतामा राखी देशको विभिन्न क्षेत्रमा विशेष गरी स्त्री तथा प्रसूति रोगसम्बन्धी र आँखा उपचारको लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने क्रममा जुम्लाको तातोपनी गाउँपालिकामा भएको शिविरमा ११४५ जनाले स्वास्थ्य परीक्षण र एक हजारजनाले आँखा परीक्षण गराएको जारी विज्ञप्तिमा उल्लेख छ।
उक्त क्षेत्रका विपन्न जनताहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको बैंकले जनाएको छ। नेपाल नेत्र ज्योति संघ, हिमालय आँखा अस्पताल, पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर गरेको बैंकले जनाएको छ।
प्रकाशित: २४ असार २०७५ ०३:०९ आइतबार