काठमाडौं – सिटिजन्स बैंकले बालबिनोद माध्यमिक विद्यालयलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्तव अन्तर्गत सो रकम हस्तान्तरण गरेको जनाएको छ।
बैंकको प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीको उपस्थितिमा बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले विद्यालयका प्राचार्य माधवप्रसाद खतिवडालाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।कार्यक्रममा भण्डारीले विद्यालयहरु आर्थिक रूपले आत्मनिर्भर भएमात्र गुणस्तरीय शिक्षा प्रदान गर्ने सकिने बताएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकले ७४ शाखा, ६९ एटिएम र ९७ शाखारहित बैंकिङ सेवामार्फत सेवा दिइरहेको छ ।
प्रकाशित: २५ जेष्ठ २०७५ ०१:०८ शुक्रबार