१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

बजाज डोमिनार मोटोग्राफी

काठमाडौं– हंशराज हुलासचन्द एन्ड कम्पनीले बजाज डोमिनारका धनीहरुलाई डोमिनार मोटोग्राफीमा सहभागी गराएको छ । एचएच बजाज कम्पनीले देशभर रहेका डोमिनार चालकमध्ये अडिसनबाट ११ जना छनोट गरेर उनीहरुलाई सगरमाथा बेस क्याम्प पठाएको छ।

एचएच बजाजले डोमिनार ४०० का  ११ जनालाई साहसी चालकको रुपमा छनोट गरेको छ । यो यात्रा १० दिन हुने कम्पनीले जनाएको छ ।चालकहरुको लागि राइड रुट काठमाडौंबाट सुरु भएर केरुङ, डिन्ग्री, साइगेट, ल्हासा, यमडोर्क, ग्यान्सटे, शाक्य, दाराथाङ, रोङबुक हुँदै एभरेस्ट बेसक्याम्प पुग्ने कम्पनीले जनाएको छ । यसपछि पुन सोही रुटबाट काठमाडौं फर्किने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 

प्रकाशित: ७ जेष्ठ २०७५ ००:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App