काठमाडौं– ओपोले नयाँ इन्ट्री–लेभल क्यामेरा फोन ओपो ए८३ २०१८ सार्वजनिक गरेको छ । ए ८३ २०१८ यसै वर्षको जनवरीमा सार्वजनिक गरिएको लोकप्रिय ओपो ए८३को परिस्कृत भर्जन हो।
तीब्र गतिमा उत्कृष्ट कार्य सम्पादनका लागि ओपो यसमा चार जिबी र्रयाम र ६४ जिबी रोमको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । साथै, यूवा पुस्ता लक्षित गर्दै फोन गोल्डका साथै आकर्षक नीलो रंगमा पनि उपलब्ध गराइएको छ । फुल स्क्रिन डिस्प्ले र एआई ब्यूटी रिकग्निसन प्रविधिसहितको ओपो ए८३ २०१८ले प्रयोगकर्तालाई थप वास्तविक र प्राकृतिक सेल्फी अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ।
प्रकाशित: २८ वैशाख २०७५ ००:४३ शुक्रबार