coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सगरमाथा क्याम्प चारसम्मको बाटो खुल्ला

सोलुखुम्बु– सगरमाथा आरोहणका लागि क्याम्प चारसम्मको बाटो खुल्ला भएको छ। विभिन्न ट्रेकिङ कम्पनीहरुले क्याम्प २ देखि क्याम्प ४ सम्मको बाटो निर्माण गरेसँगै सगरमाथा आरोहणका लागि बाटो खुल्ला भएको हो। आधार शिविरदेखि क्याम्प दुईसम्मको बाटो सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले निर्माण गरेको थियो। क्याम्प दुईदेखि चारसम्मको बाटो विभिन्न ट्रेकिङ कम्पनीले निर्माण गरेका हुन्। अब क्याम्प ४ देखि सगरमाथाको चुचुरोसम्मको बाटो बनाउन बाँकी रहेको छ। क्याम्प चारदेखि माथि चुचुरोसम्मको बाटो कुन माउन्टेरिङ गाइडले निर्माण गर्ने भन्ने विषय टुंगो लागेको छैन ।

हाई अल्टीच्यूडमा बानी पर्नको लागि आरोहीहरु सबैभन्दा पहिला क्याम्प चारसम्म पुग्ने र पुनः आधार शिविरमा फर्केर आराम गरिसकेपछि सगरमाथाको चुचुरोमा जाने गर्छन्।  मौसम रिपोर्ट अनुसार मे ५ देखि ८ सम्म छ हजार माथि अत्यधिक हावा चल्ने भएकाले अहिले अधिकांश आरोही सगरमाथा आधार शिविरमा झरेको पर्यटन विभागका सूचना अधिकारी रामप्रसाद सापकोटाले जानकारी दिए। सगरमाथा आरोहणका लागि प्रयोग गरिने क्याम्प चारसम्मको बाटो खुलिसकेकाले आरोहिहरु धमाधम आरोहणको लागि क्याम्प १ बाट उकालो लागेका छन्। अधिकांश आरोहीहरु अहिले क्याम्प तीनसम्म पुगि सकेका छन्। अहिले आरोही क्याम्प एक, दुई, तीन हुँदै क्याम्प चारसम्म धमाधम जाने र पुःन आधार शिविर मै झर्ने गरीरहेका छन्।

पर्यटन विभागका अनुसार यस वर्षको बसन्त ऋतुमा १५ जना नेपाली महिला सहित ३४६ जनाले अनुमति लिएका छन्। सगरमाथा आरोहणका लागि ३४ वटा विदेशी समूहका ३२६ जना र चार वटा नेपाली समूहका २० जना आरोही रहेको पर्यटन विभागका सूचना अधिकारी रामप्रसाद सापकोटाले जानकारी दिए। पर्यटन विभागको तथ्यांक अनुसार चार वटा नेपालीका २० जना आरोहमध्ये १५ जना महिला छन्। अब क्याम्प चारदेखि सगरमाथाको चुचुरोसम्म डोरी टाँगिसकेपछि धमाधम आरोहण गरिन्छ।

 

 

 

प्रकाशित: २४ वैशाख २०७५ १२:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App