१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

हवाई उडान प्रभावित हुँदा लुक्लामा विदेशी पर्यटक अलपत्र

सोलुखुम्बुको लुक्ला विमानस्थल । तस्बिर : राधा ढुंगाना

सोलुखुम्बु– मौसम प्रतिकुल र काठमाडौं विमानस्थलको ट्राफिक जामका कारण सोलुखुम्बुको पर्यटकीय क्षेत्र लुक्ला विमानस्थलमा उडानहरु प्रभावित भएका छन् । काठमाडौं विमानस्थलको ट्राफिक जामका कारण लुक्लामा हवाई उडान घट्दा पर्यटक आवागमनमा समस्या भएको हो । 

दैनिक ४० भन्दा बढी विमानहरुले उडान भर्ने लुक्लामा काठमाडाँै विमानस्थलको जामकै कारण दैनिक ३० भन्दा कम उडान हुने गरेको नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ । केहीदिन देखि मौसममा आएको खराबीका कारण उडानहरु प्रभावित बन्दै आएका छन् । 

तालिका अनुसार सबै उडान तथा अवतरण नहुँदा सगरमाथा लगायतका हिमाल आरोहण तथा खुम्बु क्षेत्रको अवलोकनका लागि आएका पर्यटकहरु काठमाडौ फर्कन पाएका छैनन् । दैनिक उडान तालिकाअनुसार उडान नहुँदा खुम्बु भ्रमणमा आउने पर्यटकहरु काठमाडौंमै रोकिने गरेका छन् । करिब एक सातायता पानीसँगै बाक्लो हुस्सु र कुहिरोले उडान तथा अवतरण नियमित तालिका अनुसार हुन सकेको छैन । 

यस्तै, देशकै एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रहेको काठमाडौंमा हुने आन्तरिक तथा बाह्य उडानका कारण दिनमा २ घण्टाभन्दा बढी आन्तरिक उडानहरु ट्राफिक जाममा पर्ने गरेका छन् । 

दैनिक २ देखि ३ घण्टा उडान नहुँदा दैनिक दर्जन बढी हवाई उडान प्रभावित हुने गरेको नागरिक उड्यान प्राधिकरण लुक्लाका एटिसि अफिसर योगेन्द्र कुवँरले बताए । विगतका पर्यटकीय सिजनमा दैनिक १६ वटासम्म उडान हुने गरे पनि पछिल्लो हप्ता दैनिक ८ वटा मात्रै उडान भएको तारा एयर फाप्लुका स्टेशन इन्चार्ज फुनुरु शेर्पाले जानकारी दिए । शेर्पाले भने, ‘यात्रुले टिकट लिए पनि नियमित रुपमा तालिका अनुसार उडान नहुँदा विदेशी पर्यटक लुक्लामै थन्किएका छन् ।’  
 

प्रकाशित: २० वैशाख २०७५ ०६:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App