२८ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सूर्य विनायक व्यापार महोत्सव हुने

भक्तपुरको सूर्य विनायक नगरपालिका क्षेत्रको पहिचानलाई अगाडि बढाउन प्रथम सूर्य विनायक कृषि, सांस्कृतिक तथा व्यापार महोत्सव २०८१ हुने भएको छ।

महोत्सव मंसिर ७ गतेदेखि २२ गतेसम्म सूर्य विनायक नगरपालिका ३ बालकोट हनुमन्ते कोरिडोरसँंगैको ठाउँ भक्तपुरमा हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो।

महोत्सव राष्टिय लोक सांस्कृतिक प्रतिष्ठान नेपाल काठमाडौं नेपालको मुख्य आयोजना र संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रालिको आयोजनामा महोत्सव हुन लागेको हो। राष्टिय लोक सांस्कृतिक प्रतिष्ठान नेपाल काठमाडौं नेपालका अध्यक्ष नमराज ढकालले सूर्य विनायक नगरपालिका क्षेत्रको पहिचानलाई अझ वढावा दिने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको बताए।

भक्तपुरको कृषि, पर्यटन, कला, संस्कृति गौरवपूर्ण शान, सूर्य विनायकलाई पहिचान गराउने महान् अभियान नारा महोत्सवको राखिएको छ । लामो मेलामा प्रवेश शुल्क निःशुल्क हुने जनाइएको छ। 

मेलाका लागि ३५ लाख खर्च हुने अनुमान गरिएको छ। मेला अवधिभर लाखौँ दर्शक आउने अनुमान गरिएको छ। महोत्सवका लागि  सूर्य विनायक नगरपालिका वडा नं १ देखि १० सम्मका वडालाई एक एक वटा स्टल निःशुल्क रुपमा उपलब्ध गराउने र ती स्टलहरूमा वडावासीहरूले आआफ्ना उत्पादनहरू राखेर बेच्न सकिने जनाइएको छ। 

महोत्सवमा  दैनिक राष्टिय तथा स्थानीय कलाकारहरूबाट मनोरञ्जन दिलाउने योजना राखिएको छ। 

प्रकाशित: २२ कार्तिक २०८१ १८:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App