१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

उपमहानगरविरुद्ध हेटौंडाका व्यवसायी आन्दोलित, व्यवसाय ठप्प गरेर धर्नामा

हेटौंडा उपमहानगरपालिकाले व्यवसायीलाई मार पर्ने गरी राजश्व वृद्धि गरेपछि व्यवसायीहरु आन्दोलित भएका छन्।

उपमहानगरविरुद्ध आन्दोलन थाल्दै मकवानपुर उद्योग वाणिज्य संघले हेटौंडाको व्यवसाय बन्द गरेको छ।

बिहीवबार दिउँसै बत्ती बालेर जनप्रतिनिधि खोजेका व्यवसायीले शुक्रवार व्यवसाय बन्द गराएका हुन्।

हेटौंडाको प्रायः पसलहरु बन्द छन्। जसका कारण उपभोक्ता समस्यामा परेका छन्।

जिल्लाका उद्योगी व्यवसायीहरुको साझा संस्था मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा चरणबद्ध आन्दोलन भइरहेको छ। व्यवसायीले उपमहानगरपालिका परिसरमा पनि धर्ना दिनुका साथै बजारमा नाराबाजी गर्दै आएका छन्।

गत असार ७ गते सम्पन्न नगरसभाबाट पारित गरेको नीति, कार्यक्रम तथा बजेटमार्फत उपमहानगरपालिकाले अस्वाभाविक रूपमा कर वृद्धि गरेको भन्दै व्यवसायी आन्दोलनमा उत्रिएका हुन्।

उनीहरूले उपमहानगरपालिकाले विभिन्न शीर्षकमा १६ देखि १५० प्रतिशतसम्म कर वृद्धि गरेको भन्दै आन्दोलन गरेका हुन्। व्यवसायीहरूले करको नयाँ दर खारेज गर्नुपर्ने माग गर्दै आएका छन्।

प्रकाशित: ३२ श्रावण २०८१ १०:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App