९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

कार्ल्सबर्ग साउथ एसियामा बाँकी रहेको सेयर खरिद सम्झौता

कार्ल्सबर्ग समूहले साउथ एसियामा रहेको आफ्नो बाँकी ३३.३३ प्रतिशत सेयर किन्न सीएसएपीएल सिंगापुर होल्डिगसँग सम्झौता गरेको छ। 

कार्ल्सबर्ग समूहको ३३.३३ प्रतिशत सेयर कार्ल्सबर्ग साउथ एसियासँग थियो। आगामी ३ देखि ५ वर्षमा ७४ करोड ४० लाख अमेरिकी डलर ९हालको विनमय दरअनुसार १ खर्ब ३ अर्बभन्दा बढीमा लेनदेन सम्झौता पूर्ण हुने छ। कार्ल्सबर्ग समूहको प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार प्रस्तावित लेनदेनहरू पूरा भएपछिकार्ल्सबर्गले हालको व्यापारको शतप्रतिशत स्वामित्व पाउने छ।

कार्ल्सबर्ग समूहका प्रमुख कार्यकारी जेकब अरुप एन्डरसनले कार्ल्सबर्ग समूहले एसियाली व्यवसायको हिस्सा प्राप्त गरेसँगै लगानीलाई तीव्र बनाउने बताए।  

नेपालमा कार्ल्सबर्गको व्यापार गोर्खा ब्रुअरी प्राइभेट लिमिटेडले गर्दछ। गोर्खा ब्रुअरीमा कार्ल्सबर्ग इन्डिया र कार्ल्सबर्ग साउद एसियमा पनि सेयर रहेको थियो। यो सम्झौतासँगै गोर्खा ब्रुअरीको सम्पूर्ण सेयर कार्ल्सबर्ग समूहको स्वामित्वमा जाने छ।

सम्झौतका शर्तहरू पूरा गर्न निश्चित समय लाग्ने र केही प्रस्तावका लागि निश्चित सरकारी स्वीकृति प्राप्त गर्न आवश्यक हुने विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: २० श्रावण २०८१ १३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App