२० असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

मन्त्रालयको ७५ प्रतिशत बजेट किसानको प्रोत्साहनको लागि अनुदान दिन्छौंः सचिव खराल

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.दीपककुमार खरालले कृषि मन्त्रालयमा विनियोजन भएको करिब ७५ प्रतिशत बजेट किसानको प्रोत्साहनको लागि अनुदानमा जाने गरेको बताएका छन्।

प्रतिनिधि सभा अन्तर्गतको कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिको मंगलवार बसेको बैठकमा बोल्दै सचिव खरालले यस्तो कुरा बताएका हुन । उनले सरकारले किसानको पक्षमा कुनैपनि काम गरेन भने पनि कृषि मन्त्रालयमा विनियोजन भएको जम्मा बजेटको ७५ प्रतिशत बजेट किसान केन्द्रित अनुदानमा खर्च गर्ने गरेको दाबी गरे।

सचिव खरालले कृषि मन्त्रालयमा आगामी आर्थिक वर्षको लागि साढे ५० अर्बको बजेट विनियोजन भएको मध्ये करिब साढे २८ अर्ब रुपैयाँ रासायनिक मल खरिदमा गएको बताए । उनले सरकारले डिएपी,पोटास र युरिया मलमा ६५ प्रतिशत अनुदान दिने गरेको बताए। उनले सरकारले ६० रुपैयाँमा खरिद मूल्य पर्ने युरिया मलमा ४६ रुपैयाँ सरकारको र बाँकी किसानले हाल्ने गरेको बताए। उनले सरकारले मलमा मात्रै ६५ प्रतिशत अनुदान दिनु किसानको लागि ठुलो प्रोत्साहन भएको बताए।

उनले कृषि मन्त्रालयमा छुट्टाएको ५५ प्रतिशत बजेट सम्पूर्ण रुपमा अनुदानको रुपमा जाने गरेको बताए।उनले मन्त्रालयको बजेटमा त्यसको अतिरिक्त कृषि धन र पशुधन बिमामा १ अर्ब गरिरहेकोमा अर्को वर्ष २ अर्ब ६ करोड रुपैयाँ विनियोजन गरेको पनि अनुदान नै भएको बताए। उनले किसानलाई राहत सहज दिने उद्देश्यले अनुदान छुट्टाएको बताए।उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रममा ३ अर्ब रुपैयाँ विनियोजन गरेकोमा पनि औसतमा ५० प्रतिशत अनुदानमा जाने बताए। उनले किसानलाई सिँचाइमा दिने सुविधाहरू लगायत अन्य कुराहरूमा पनि अनुदानमा दिँदै आएको बताए। उनले कृषि मन्त्रालयको बजेटको ७५ प्रतिशत बजेट किसानलाई केन्द्रित गरेर अनुदान दिने गरेको दाबी गरे। 

प्रकाशित: १८ असार २०८१ १८:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App