२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सुनको मूल्य एक सय रुपैयाँले बढ्यो

स्थानीय बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एक सय रुपैयाँले बढेको हो।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँ कायम  भएको छ।

हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँ थियो।

यस्तै,आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ। हिजो सोमबार चाँदीको मूल्य तोलामा १७ सय ९० रुपैयाँ थियो। आज चाँदीको मूल्य तोलामा १८ सय ५ रुपैयाँ कायम भएको छ।

प्रकाशित: १८ असार २०८१ ११:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App