९ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

युनाइटेड अजोड इन्स्योरेन्सको विशेष साधारणसभा

युनाइटेड अजोड इन्स्योरेन्सकोे विशेष साधारणसभा सम्पन्न भएको छ। कम्पनीको चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम कम्पनीको प्रबन्धपत्र एवं नियमावलीमा संशोधन गर्नुपर्ने भएकाले र कम्पनीको प्रबन्धपत्र एवं नियमावलीमा संशोधन गर्नुपर्ने भएकाले विशेष साधरणसभा सम्पन्न गरिएको जनाएको छ।

साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम रहेको कम्पनीको चुक्ता पुँजी दुई अर्ब १० करोड रूपैयाँको १५ प्रतिशत अर्थात् प्रत्येक सय कित्ता सेयर बरावर १५ कित्ताको दरले हकप्रद सेयर जारी गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने निर्णय गरेको छ।

यसैगरी हकप्रद सेयर जारी गरे पश्चात् कम्पनीको चुक्ता पुँजी वृद्धि भई दुई अर्ब ४१ करोड ५० लाख पुग्ने हुँदा सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने र कम्पनीको संस्थापक सेयर तथा सर्वसाधारण सेयरको अुनपातबमोजिम सञ्चालक समिति गठन गर्ने र सोही बमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पारित लगायतका निर्णय गरेको कम्पनीले जनाएको छ।

प्रकाशित: २ असार २०८१ ०८:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App