२५ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

सुदूरपश्चिमको श्रमाधान मेलामा १ हजार १३३ जना रोजगारीका लागि छनोट

सुदुरपश्चिम प्रदेशको धनगढीमा भएको श्रमाधान रोजगार मेलामा १ हजार १३३ जना रोजगारीका लागि छनोट भएका छन् । 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको उक्त मेलामा ४ हजार १६६ जनाले रोजगारीको लागि आवेदन दिएका छन् । जसमा १ हजार १३३ जना छनोट भएका हुन् । मेलामा १० हजार बढीले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । आइतबार र सोमबार भएको मेलामा रोजगार खोज्ने यूवाको बाक्लो उपस्थिति थियो ।  

समापन कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिकाकी उपप्रमुख नन्दकला रानाले अहिले नेपालमा रोजगारीको ठुलो समस्या रहेकाले मेलाले त्यसको समाधान गर्ने अपेक्षा रहेको धारणा राखिन् । युवाहरु विदेसिनेक्रम बढ्दै गएकाले स्वदेशमै रोजगारीका अवसर जुटाउन आवश्यक रहेको उनको भनाइ छ ।  

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव वसन्तबहादुर बोहराले रोजगारदाता र रोजगार खोज्नेहरुलाई एकै थलोमा भेला गराउमे उदेश्यले श्रमाधान रोजगार मेला आयोजना गरेको बताए ।

सुदुरपश्चिम प्रदेश श्रम कार्यलयका प्रमुख जनक उखेडाले रोजगार मेलाले यहाको युवाहरुको रोजगार सम्बन्धी केही समस्या समाधान हुने अपेक्षा गरिएको बताए ।  

समापन कार्यक्रममा मेला अवधीमा जानकारी मुलुक स्टल राख्ने रोजदारदाता ,सहजकर्ता सहआयोजक संघ संस्थालाई सम्मानपत्र तथा धन्यवन ज्ञापन गरिएको थियो ।

प्रकाशित: २९ जेष्ठ २०८१ ११:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App