२५ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेपाल क्लियरिङ हाउसको अध्यक्षमा थापा

नेपाल क्लियरिङ हाउसले आफ्नो २४६ औं सञ्चालक समितिको बैठकबाट विश्रुत थापालाई सर्व–सम्मत रूपमा अध्यक्षमा चयन गरेको छ। यसैक्रममा अध्यक्ष थापाले डेपुटी गभर्नर बमबहादुर मिश्रसँग अध्यक्ष पदको सपथ ग्रहण गरेका छन्।

नेपाल राष्ट्र बैंकभित्र हालै भएको विभिन्न विभागीय परिवर्तन पश्चात् क्लियरिङ हाउसमा गरिँदै आएको प्रतिनिधित्वसमेत परिवर्तन भएको हो। चार्टर्ड एकाउन्टेन्ट थापाले केन्द्रीय बैंकको विभिन्न विभागमा रहेर २१ वर्षभन्दा बढी काम गरेको अनुभव सँगालेका छन्।

प्रकाशित: २९ जेष्ठ २०८१ ०६:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App