१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

विश्वकप क्रिकेटको अवसरमा ओमोडाको अभियान

ओमोडाले आइसिसी पुरुष टी २० क्रिकेट विश्वकपको आवसरमा ‘नेपाल स्कोर्स, ओमोडा ग्रोज’ नाराको वातावरणीय योजना ल्याएको छ।

 योजनाअनुसार दोस्रो पटकको ऐतिहासिक विश्वकप यात्रा अन्तर्गत नेपाली क्रिकेट टोलीले हासिल गर्ने प्रत्येक रन वा विकेटमा ओमोडाले रूख रोप्ने भएको छ। जसमा ओमोडाले हरेक रनमा एक रुख रोप्ने संकल्प गरेको छ।

यस्तै हरेक चौकामा पाँच रुख रोपिने र छक्का र हरेक विकेटमा १० रुख रोप्ने संकल्प गरेको छ। कम्पनीका अनुसार वृक्षारोणका लागि ब्रान्डसँगै नेपालभर रहेका ओमोडा खरिदकर्ता तथा चालकहरूले सहभागिता जनाउनेछ।

यस अभियानले सस्टेनेबल मोबिलिटीलाई प्रवर्द्धन गर्दै वातावरण संरक्षण तथा विश्वकप क्रिकेटको अवसरमा क्रिकेट प्रेमीहरूबीच गौरवमय एकताको थालनी गर्ने कम्पनीको विश्वास छ।

प्रकाशित: २५ जेष्ठ २०८१ ०७:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App