१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

नागरिक चौतारी: गरिबीबाट उठ्न वित्तीय साक्षरता आवश्यक (तस्बिरसहित)

नेपाल रिपब्लिक मिडियाले ‘नागरिक चौतारी’को सुरुवात गरेको छ । काभ्रेको बनेपामा मंगलबार सुरु भएको नागरिक चौतारीको पहिलो अंकमा सर्वसाधारणको उत्साजनक सहभागीता रहेको थियो । पहिलो कार्यक्रममा वित्तीय साक्षरतालाई प्रमुख विषय बनाइएको थियो । 

कार्यक्रममा ज्योति विकास बैंकका बजारीकरण अधिकृत बलदेव थापाले मुलुक र जनतालाई गरिबीबाट माथि उठाउन वित्तीय साक्षरता जरूरी रहेको बताए। वित्तीय साक्षरता पछिल्लो समय सर्वसाधारणका लागि आधारभुत आवश्यकता बन्दै गएको बताउँदै उनले मुलुकलाई गरिबीबाट माथि उठाउनका लागि वित्तीय साक्षरता निकै महत्त्वपूर्ण छ।  

‘न व्यापारी खराब न बैंक खराब पेट त सबैले पाल्नु नै छ। त्यसकारण हामी चेतना नभएर मात्रै हो। यहाँ कोही पनि लुटेरा होइनन्। सबै बाच्नकै लागि हुन्’, उनले भने।

ज्योति विकास बैंकले काठमाडौंसहित देशभरीका ४४ जिल्लाका १२४ ठाउँबाट सेवा दिइरहेकाे जानकारी दिँदै उनले भने, ‘पढेलेखेको, युवापुस्तामा वित्तीय साक्षरता आवश्यक छ। सेभिङ गर्न अहिलेबाटै विद्यार्थीलाई शिक्षकले बुझाउन आवश्यक छ। वित्तीय साक्षरता वृहत र महत्त्वपूर्ण विषय हो। वित्तीय साक्षरता भन्ने वित्तिकै पैसाको आम्दानी, पैसाको सदुपयोग र बचत गर्ने भन्ने शिक्ष हो, वित्तीय साक्षरता हरेक किसिमका, हरेक मानिसलाई आवश्यक हुन्छ।’

बजारीकरण अधिकृत थापाले व्यापार व्यवसाय असफल हुनुको प्रमुख कारण  पनि वित्तीय साक्षरता नहुनु रहेको सुनाए। उनले सही निर्णय लिन वित्तीय साक्षरताले सहयोग गर्दै समृद्धिको बाटोमा लैजाने समेत बताए।

यस्तै कार्यक्रमा ज्योति विकास बैंकका प्रमुख जोखिम अधिकृत रोशन थापाले वित्तीय साक्षरताको सबैभन्दा ठूलो भूमिका खेल्ने बैंक भएको दाबी गरेका छन्। उनले भने, ‘बैंकसँग सबै सर्वसाधारण जोडिएका हुन्छन्। वित्तीय साक्षरता बढाउन विद्यार्थी तहबाट नै कार्यक्रम सञ्चालन गर्नुपर्छ। विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गर्न सकियो भने उनीहरूले आफू पनि सिक्छन् र अभिभावकलाई पनि सिकाउन सक्छन्।’

बैंकलाई स्कुलमा वित्तीय साक्षरता बढाउन १ कक्षादेखि नै बचत, वित्तीय सारक्षरताका कार्यक्रम, डिजिटल बैंकिङ सचेतना, साइबर सेक्युरिटी जस्ता विषय समावेश गरेर अगाडि जानुपर्ने उनको भनाइ छ।

यस्तै, कार्यक्रममा ज्योति विकास बैंकका कार्ड तथा डिजिटल बैंकिङ बिभागका प्रमुख सुवास नेपालले वित्तीय साक्षरता भनेको बचत मात्रै नभएको स्पष्ट पारे । उनले भने, ‘वित्तीय साक्षरता भनेको बचतसँगै विश्व डिजिटल प्रविधिमा गइरहेको अवस्थामा डिजिटल बैंकिङसँगै त्यससँग जोडिएर आउने साइबर सेक्युरिटीका कुरा पनि वित्तीय साक्षरताका विषयवस्तु हुन्।’

डिजिटल माध्यमबाट हुने वित्तीय अपराध, सम्पत्ति शुद्धीकरण निवारण जस्ता विषयको जनचेतना पनि वित्तीय साक्षरता भएको उनको भनाइ छ।

‘गाउँ–गाउँमा घरबाटै वित्तीय सेवा प्रयोग गर्नेको संख्या बढेको त छ। तर, उनीहरूलाई यसको जोखिमबारे बुझाइ कम रहेकाले उनीहरूलाई सचेतना बढाउनुपर्ने देखिन्छ। सहरी क्षेत्रमा घरमा बस्ने आमाबुबा र ग्रामीण क्षेत्रमा सानातिना व्यापार व्यवसाय गर्ने तथा उपभोक्ता सबैलाई वित्तीय साक्षरता आवश्यक छ। नेपालमा वित्तीय साक्षरतालाई महत्त्वपूर्णरूपमा हेरिएको हुँदा कस्ता कारोबार गर्न हुन्छ  भनेर नागरिकलाई सचेत बनाउन जरुरी छ’, उनले भने। 

प्रकाशित: २५ वैशाख २०८१ १३:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App