१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

हकप्रद सेयर बिक्री प्रबन्धकमा एसबिआई मर्चेन्ट

सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद सेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ।

इन्स्योरेन्सले एक सय बराबर २७ को अनुपातमा जारी गर्न लागेको साविकका सेयरधनीलाई प्रतिसेयर सय रूपैयाँ दरको एक करोड ६ लाख ९६ हजार ३२० कित्ता बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ।

एसबिआई मर्चेन्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

प्रकाशित: २१ वैशाख २०८१ १०:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App