२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पर्सामा सात सय ३९ घरेलु उद्योग थपिए

जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा ८६ करोड १० लाख ८१ हजार नौ सय ९८ लगानीमा सात सय ३९ वटा घरेलु तथा साना उद्योग थपिएका छन्।

पर्सास्थित घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख धनञ्जय सिंहका अनुसार गत आवमामा एक हजार ८९ नयाँ उद्योग थपिएका थिए तथा यस वर्ष पनि गत वर्षकै हाराहारीमा नयाँ उद्योग थपिने अनुमान छ।

चालु आवमा दर्ता भएका उद्योगमध्ये प्राइभेट फर्ममा दर्ता भएका घरेलु तथा साना उद्योगको संख्या सबैभन्दा बढी अर्थात् ६ सय ९४ पुगेको छ। साझेदारी फर्ममा दर्ता गरिएका भने १० वटा मात्रै छन्। ‘प्राइभेट लिमिटेड’ मा दर्ता हुनेको संख्या ३५ छ।

चालु आवमा दर्ता भएका उद्योगको चालु पुँजी भने  ७१ करोड सात लाख ८४ हजार तीन सय १४ छ। कुल पुँजी एक अर्ब ५७ करोड १८ लाख ६६ हजार तीन सय १२ रहेको छ। चालु आवमा दर्ता भएका उद्योगको वार्षिक उत्पादन क्षमता तीन अर्ब एक करोड ४५ लाख ८८ हजार नौ सय ३८ रुपैयाँ रहेको छ।

उक्त कार्यालयले चालु आवको नौ महिनामा नयाँ साना तथा घरेलु उद्योग दर्ता भएर ५९ लाख ८२ हजार चार सय राजस्व सङ्कलन गरेको जनाएको छ। गत आवमा पर्सामा एक हजार ८९ वटा घरेलु उद्योग दर्ता भएका थिए। दर्तामध्ये प्राइभेट फर्मको संख्या एक हजार २५ थियो।

साझेदारी फर्मको संख्या १३ र प्राइभेट लिमिटेडको संख्या ५१ थियो। गत आवमा दर्ता भएका नयाँ घरेलु उद्योगको स्थिर पुँजी एक अर्ब ५४ करोड ४४ लाख ६९ हजार ५२ रुपैयाँ थियो।

त्यसैगरी गत आवमा दर्ता भएका उद्योगको चालु पुँजी भने एक अर्ब २९ करोड ७१ लाख ८२ हजार तीन सय ७५ छ। गत आवमा दर्ता भएका उद्योगको कुल पुँजी दुई अर्ब ८४ करोड १६ लाख ५१ हजार चार सय २७ छ।

गत आवमा दर्ता भएका उद्योगको वार्षिक उत्पादन गर्ने क्षमता चार अर्ब ३४ करोड ९८ लाख ६१ हजार तीन सय ५५ रुपैयाँ छ। कार्यालयले गत आवमा दर्ता भएका घरेलु उद्योगबाट एक करोड ६ लाख ३९ हजार दुई सय ५० राजस्व संकलन गरेको थियो। गत आवमा दर्ता भएका उद्योगले पाँच हजार चार सय ६० जनालाई रोजगारी दिने आकालन गरिएको थियो। –रासस

प्रकाशित: १६ वैशाख २०८१ १०:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App