२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

स्मार्टफोन साओमी-१४ बजारमा

साओमीले फ्ल्यागसिप स्मार्टफोन साओमी १४ नेपालमा सार्वजनिक गरेको छ। साओमी १४ लाइका लेन्ससहितको ट्रिपल ५० मेगापिक्सेल रियर क्यामेरा सिस्टमको साथमा प्रयोगकर्ताहरूले उत्कृष्ट फोटोग्राफीको अनुभव प्राप्त गर्न सक्नेछन्।

साओमी १४ मा ६.३६ इन्चको एमोलेड एलटीपीओ डिस्प्ले, स्न्याप ड्रागन ८ जेन ३ प्रोसेसर, र ९० वाट वायर वा ५० वाट वायरलेस चार्जिङको साथमा ४६१० एमएच ब्याट्री उपलब्ध छ। एआई फेस अनलक, अन स्क्रिन फिंगरप्रिन्ट जस्ता फिचरका साथमा आइपी ६८ रेटिङ पनि यस स्मार्टफोनमा उपलब्ध छन्। डुअल सिम सपोर्ट, फाइब जि कनेक्टिभिटी र विभिन्न सेन्सरहरूले प्रयोगकर्ताको अनुभवलाई झन् रमाइलो बनाउने विश्वास कम्पनीले लिएको छ।

प्रकाशित: १९ चैत्र २०८० ०९:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App