७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मल्टिपर्पस फाइनान्स र फोनपेबीच सम्झौता

मल्टिपर्पस फाइनान्स र फोनपे नेटवर्कबीच क्रसबोर्डर व्यावसायिक सेवामा सम्झौता भएको छ। चैत १५ गते फाइनान्स र नेटवर्कबीच क्रसबोर्डर सेवा सम्झौता भएको हो। फाइनान्स कम्पनीहरूमा आफ्ना सेवाग्राहीलाई यस्तो सेवा प्रदान गर्ने मल्टिपर्पस फाइनान्स पहिलो बनेको छ।

फाइनान्सको तर्फबाट नायव महाप्रवन्धक प्रदीपकुमार सिंह र फोनपे नेटवर्कको तर्फबाट प्रदेश प्रमुख पशुपति मिश्रले क्रसबोर्डर व्यावसायिक भुक्तानीको सम्झौता गरी सेवाको सुरुवात गरेका छन्।

यस सेवाअन्तर्गत पहिलो चरणमा वित्तीय संस्थामार्फत क्युआर भुक्तानी सेवा लिएका सेवाग्राहीले व्यावसायिक कारोबार गर्दा हाललाई भारतीय युपिआई अन्तर्गतका भीम तथा फोनपे एपपमार्फत यो सेवा नेपालस्थित मल्टिपर्पस फाइनान्स लिमिटेडका फोनपे क्युआरमा प्रयोग गर्न सकिने कुरा वित्तीय संस्थाका नायव महाप्रवन्धक प्रदीपकुमार सिंहले बताए।

प्रकाशित: १९ चैत्र २०८० ०८:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App