२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष २०८१’ योजना

हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष २०८१’ योजना ल्याएको छ।

यो ग्राहकमुखी योजना चैत १९ गतेदेखि नेपालभरि सुरु हुनेछ। आफ्ना ग्राहकको यात्रा खास बनाउन यसपालि हुन्डाईले तीन गुणा नगद छुटको अफर ल्याएको छ।

यस योजना अन्तर्गत ग्राहकले कुनै पनि हुन्डाई गाडीको खरिदमा ६ लाख रूपैयाँसम्मको नगद छुट, र १० लाख रूपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्ने छन्। यो योजनामा ग्राहकले गाडी खरिद गर्दा एक वर्षसम्मको निःशुल्क बिमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन र एक्सचेन्ज सुविधा पाउनेछन्।

ग्राहकको सन्तुष्टिको निमित्त हुन्डाईले सदैव समयसापेक्ष ग्राहकलक्षित योजना सार्वजनिक गर्दै आइरहेको छ। यही क्रममा यस योजनाअन्तर्गत ग्राहकले स्क्य्राचको तीन गुणासम्म नगद छुट प्राप्त गर्न सक्ने छन्।

लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकको आवश्यकता र रुचिलाई विचार गरी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको जनाएको छ। सबै हुन्डाई गाडीमा तीन वर्ष वारेन्टी, ६ वर्षको फ्री सर्भिसिङ र इभी गाडीको ब्याट्रीमा आठ वर्ष र मोटरमा दुई वर्ष वारेन्टी उपलब्ध गराउने बताएको छ।

प्रकाशित: १९ चैत्र २०८० ०८:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App