४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ओमोडा इ फाइभको डेलिभरी सुरु

एसपिजी अटोमोबाइलले ओमोडा इफाइभको डेलिभरी सुरु गरेको छ। कम्पनीले ओमोडा इ फाइभ बुक गरेका ग्राहकको पहिलो ब्याचले कारको डेलिभरी गर्न थालेको जनाएको छ।

कम्पनीका अनुसार ओमोडा इ फाइभ लिथियम आइरन फस्फेट ब्लेड ब्याट्रीले सञ्चालित गाडी हो र यसले ६१ किलोवाट ऊर्जा क्षमता, ४३० किलोमिटरको डब्लुएरटिपी दायरा प्रदान गर्ने जनाएको छ।

सार्वजनिक भएको महिनादिन भित्रमै तीन सय भन्दा बढी गाडीहरूको बुकिङ भएको कम्पनीले जनाएको छ। कम्पनीले यसको मूल्य ५९ लाख ४९ हजार रूपैयाँ तोकेको छ।

प्रकाशित: १४ चैत्र २०८० ०८:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App