९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

सोल्टी काठमाडौँले आजदेखि अवध खाना महोत्सव गर्दै

पाक कलाको संसारमा पाहुनाहरूलाई स्वागत गर्दै द सोल्टी काठमाडौँले यही आजदेखि  १० दिने अवध खाना महोत्सव सुरु गर्न लागेको छ।

होटेलद्वारा जारी विज्ञप्तिअनुसार यस खाना महोत्सवका लागि भारतका सेलिब्रेटी सेफ अनिरुद्ध भारत आउँदै छन्। दुई दशक बढी समय पाक कलामा बिताएका सेफ अनिरुद्धले खानाका पारखीहरूलाई उत्कृष्ट परिकारहरू रोचक ढङ्गले पस्किने छन्।

‘सोल्टी काठमाडौँको काकोरी रेस्टुरेन्टमा यहाँहरूलाई स्वागत छ, जहाँ हामी हाम्रा अनुभवहरू पस्किने छौँ। स्वादपूर्ण यात्रामा हामीसँग सामेल हुनुहोस्’, सेफ अनिरुद्ध सेठी भन्छन्।

आजदेखि सुरु हुने यो महोत्सव हरेक दिन बेलुका ७:३० देखि १०: ३० बजेसम्म आगामी १० दिनसम्म चल्नेछ। यो समयमा पाहुनाहरूले आफूलाई मन पर्ने अवध परिकारहरू खान पाउनेछन्। शनिवार दिउँसो १२ः३० देखि ३ः३० सम्म विशेष बिहानी खानाको व्यवस्था पनि गरिएको छ।

यो महोत्सवमा शाकाहारी र मांसाहारी दुवै परिकारहरू समावेश गरिने जानकारी दिइएको छ। यसमा अवधका सबैभन्दा चर्चित व्यञ्जनहरू समावेश छन्। विशेषगरी कबाब, करी र बिरयानीलगायत सबै किसिमका अवधि भोजन गर्न पाइनेछ।

अवधका नवाबहरूको शाही भान्साका विशेषज्ञ सेफहरूले यी खाना पस्किने छन्। नवाबी जीवन शैलीमा परिष्कृत र उत्कृष्ट परिवार पस्किने होटेलले जनाएको छ।  

प्रकाशित: २ चैत्र २०८० १७:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App