१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

ज्योति बैंकको निःशुल्क डिम्याट र मेरो सेयर खाता योजना

ज्योति क्यापिटलले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘ज्योति क्यापिटल नारी सम्पन्नता निःशुल्क डिम्याट र मेरो सेयर खाता’ योजना सार्वजनिक गरेको छ।

सेयर बजार प्रवेश गर्न डिम्याट खाता पहिलो शर्त भएको तथ्यलाई आत्मसात गरी महिलाहरूलाई पनि सेयर बजारतर्फ आकर्षित गरी आर्थिक रूपमा सम्पन्न नारी बन्न प्रेरित गर्ने उद्देश्यका साथ योजना ल्याएको बैंकले जनाएको छ।

योजना अवधिभर नेपाली नारीहरू नाबालकदेखि साबालकसम्मले निःशुल्क डिम्याट र मेरो सेयर खोल्न पाउनेछन्। क्यापिटलले नारीहरूको सम्मानमा यो योजना ल्याएको बताएको छ। फागुन २४ देखि ३० गतेसम्म बैंकको सबै शाखा कार्यालयबाट उपभोक्ता यस योजनामा सहभागी हुन सक्नेछन्।

प्रकाशित: २४ फाल्गुन २०८० ०९:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App