८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

कोकाकोलाको नयाँ अभियान सार्वजनिक

कोकाकोलाले उपभोक्ताको लागि विशेष अभियान लिएर आएको छ। घरमा खाना खाँदाको क्षणहरू विशेष र अविस्मरणीय बनाउन कोकाकोलाले २.२५ र १.५ लिटर प्याक साइजको कोकाकोला, स्प्राइट र फ्यान्टाको खरिदमा २५० मिलिलिटरको कोकाकोला निःशुल्क प्रदान गर्ने भएको हो।

 कोकाकोलाको साथले साधारण खाना खाँदाको क्षणलाई पनि एक रमाइलो पलमा परिणत गर्ने यस अफरको लक्ष्य रहेको कम्पनीले जनाएको छ।

कोकाकोला नेपालको कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले कोकाकोला सँधै आफ्ना उपभोक्ताको लागि रमाइलो पलहरू सिर्जना गर्न प्रतिबद्ध रहेको र अफरले उपभोक्ताको साधारण खाना खाने समयलाई पनि अविस्मरणीय बनाउन मदत पुर्‍याउने विश्वास भएको बताए। अफर सीमित अवधिको लागि मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: २४ फाल्गुन २०८० ०९:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App