२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपाल बिटुमिन तथा ब्यारेल उद्योगको साधारणसभा

नेपाल बिटुमिन तथा ब्यारेल उद्योगको ३३, ३४ र ३५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। प्रबन्ध सञ्चालक प्रदीपकुमार श्रेष्ठको अध्यक्षतामा भर्चुअल माध्यमबाट उद्योगको सभा सम्पन्न भएको हो।

सभामा प्रबन्ध सञ्चालक श्रेष्ठले आव २०७७-०७८, २०७८-०७९ र २०७९-०८० मा विगतमा इन्डियन आयल कर्पोरेसनबाट बल्क बिटुमिन आयात गर्दा हल्दिया रिफाइनरीको मात्र प्रयोग भइरहेकोमा हाल आएर भारतमा रहेका नजिकका बरोनी तथा मथुरा रिफाइनरीहरूबाट समेत बल्क बिटुमिन ल्याउने कार्य भइरहेको बताए।

यस्तै आयात गरिएका बल्क बिटुमिनलाई नेपालका सीमावर्ती नाकाहरूमा बिक्री डिपो स्थापना गरी बजार विस्तारलाई निरन्तरता दिई बिक्री बढाउन पहल भएकोमा आव २०७९-०८० मा बिक्री वृद्धि भएको उनले जानकारी गराए।

साथै नयाँ रणनीतिक व्यापारिक साझेदारमार्फत बजारमा आउने सोचाइ पनि रहेको उनले बताए। त्यसैगरी निजीकरण गरिएका उद्योगहरूमध्ये यसलाई नमुना उद्योगका रूपमा विकसित गर्दै लैजान आफ्रना तथा सञ्चालक समिति लागि परेको बताउँदै अब वार्षिक रूपमै साधारणसभा गर्ने प्रतिवद्धता व्यक्त गरे।

त्यसैगरी सभामा ३५ प्रतिशत सेयर लिने सर्वसाधारण तथा कर्मचारी कामदारको तर्पmबाट अशोककुमार श्रेष्ठ र श्यामकृष्ण श्रेष्ठ यस उद्योगको सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरी स्वतन्त्र विशेषज्ञ सञ्चालकमा विकास आचार्य चयन भएका छन्।

प्रकाशित: ९ फाल्गुन २०८० ०९:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App