८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

कोकाकोला फाउन्डेसनद्वारा कालिटार सस्टेनेबल प्रोजेक्ट हस्तान्तरण

द कोकाकोला फाउन्डेसनले वाटर एड नेपाल, गोदावरी नगरपालिका र सिआइयुडीसँगको सहकार्यमा गोदावरी नगरपालिका ६ मा अवस्थित कालिटार सस्टेनेबल वास प्रोजेक्ट हस्तान्तरण गरेको छ।

परियोजनाले समुदायमा सुरक्षित, पर्याप्त र सुलभ खानेपानी पुर्‍याउने र मानिसहरूको सरसफाइ व्यवहारमा पनि सुधार गर्ने लक्ष्य राखेको जनाएको छ। परियोजनाका मुख्य दुई इन टेक जडान गर्ने, दुई रिजरभोएर ट्यांकीको अपग्रेड गर्ने, दुई हजार ७६६ मिटर प्रसारण लाइन बिछ्याउने, १४८ घरधुरी र तीनवटा मन्दिरमा पानीको मिटर जोड्न तीन हजार ७०२ मिटर पाइप जडान गर्दै यहाँको खानेपानी प्रणालीको बृहत् पुनःस्थापना गर्ने भएको छ।

द कोकाकोला फाउन्डेसनका अध्यक्ष सादिया माड्सब्जर्गले परियोजनाले दिगो समुदायहरू सिर्जना गर्ने प्रतिबद्धतालाई निरन्तरता दिएको बताए। साथै खानेपानीको पूर्वाधार विकास, सरसफाइ र सकारात्मक व्यवहार परिवर्तनलाई प्रवर्धन गरी हामीले समुदायको भलाइमा दिगो र अर्थपूर्ण प्रभाव पार्ने लक्ष्य राखेका बताए।

प्रकाशित: ८ फाल्गुन २०८० १४:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App