१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

कुमारी बैंकको ‘कुमारी गज्जब बचत’

कुमारी बैंकले बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बिमा सुविधासहितको परिमार्जित ‘कुमारी गज्जब बचत खाता’ योजना सार्वजनिक गरेको छ।

न्यूनतम मौजदात हजार रूपैयाँ रहेको यस खातामा बैंकले उच्च ब्याजदर वार्षिक ६.०१ प्रतिशत प्रदान गर्नुका साथै २० हजार रूपैयाँसम्मको स्वास्थ्य बिमा सुविधा, निःशुल्क डेबिट कार्डसमेत उपलब्ध गराउने जनाएको छ।

बिमा योजनामा १६ देखि ६५ वर्ष उमेर समूहका खातावालले २० हजार रूपैयाँसम्मको स्वास्थ्य बिमा प्राप्त गर्न सक्नेछन्। यस योजनाको बिमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको बैंकले जनाएको छ।

 बैंकले आफ्ना बचत खाताहरूमा थप परिमार्जन तथा अद्यावधिक गर्दै ग्राहक मैत्री तथा समय सान्दर्भिक बनाउदै जाने विश्वास लिएको छ।

न्यूनतम मौजदात, उच्च ब्याजदर र स्वास्थ्य बिमा सुविधा तथा निःशुल्क डेबिट कार्डसमेत उपलब्ध गराएको उक्त खाता नेपाली बैंकिङ क्षेत्रमा उपलब्ध उत्कृष्ट बचत खाताहरू मध्येमा पर्ने विश्वास बैंकको छ।

प्रकाशित: २ फाल्गुन २०८० ०७:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App