२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

सूर्यकुण्ड हाइड्रोको प्राथमिक सेयर निष्कासन हुँदै

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको प्राथमिक सेयर निष्कासनको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेन्ट बैकिङलाई नियुक्त गरिएको छ। हाइड्रोले सर्वसाधारणबाट पुँजी संकलन गर्ने उद्देश्यले सय रूपैयाँ दरका २० लाख कित्ताले हुन आउने २० करोड रूपैयाँ बराबरको साधारण सेयर सार्वजनिक निष्कासन गर्ने भएको हो।

हाइड्रो इलेक्ट्रिकका तर्फबाट कम्पनीका अध्यक्ष सतिश न्यौपाने र नेपाल एसविआई मर्चेन्ट बैकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका १ स्थित अप्पर तादीखोला हाइड्रो पावर प्रोजेक्टमा ११ मेवा क्षमताको विद्युत् आयोजना निर्माण गरिरहेको छ।

प्रकाशित: २ फाल्गुन २०८० ०७:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App