२० असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेप्से १५ अंकले बढ्दा साढे तीन अर्बको कारोबार

साताको दोस्रो कारोबार दिन सोमबार सेयर मापन गर्ने परिसूचक नेप्से १५.३३ अङ्कले बढेको छ। 

दिनभर जसो नेप्से परिसूचक उतारचढावपूर्ण हुँदै १५.३३ अङ्कले बढेर २१०१.१६ विन्दुमा पुगेको हो  सोमबार १९९ कम्पनीको सेयर बढ्यो भने ४५ कम्पनीको सेयर घट्यो। चार कम्पनीको सेयर भने स्थिर रह्यो । सोमबार एक करोड एक लाख ८ हजार एक सय २२ कित्ता सेयर सेयर किनबेच हुँदा तीन अर्ब ५८ करोड ६९ लाख ८४ हजार १ सय २८ रुपैयाँको सेयर कारोबार भयो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्सेका तीन वटै सूचक बढेर हरियाली छायो। 

सेन्सेटिभ सूचक १.२४ अङ्कले बढ्यो भने फ्लोट सूचक पनि ०.८९ अङ्कले बढ्यो । त्यसैगरी सेन्सेटिभफ्लोट सूचक पनि ०.१८ अङ्कले बढ्यो । नेप्सेका १३ उपसमूहमध्ये सोमबार १२ उपसमूह बढ्यो भने एक उपसमूह घट्यो । सोमबार सबैभन्दा धेरै बढ्ने उपसमूहमा निर्जीवन बीमातर्फ रह्यो । सो उपसमूह १८३.६६ अङ्कले बढ्यो । त्यसैगरी उत्पादन तथा प्रशोधनतर्फको उपसमूह पनि १२५.९३ अङ्कले बढेको छ । त्यसैगरी सोमबार सबैभन्दा धेरै घट्ने उपसमूहमा अन्य रह्यो । सो उपसमूहको सेयर ०.९३ अङ्कले घट्यो । सोमबार सबैभन्दा धेरै सेयर बढ्ने कम्पनीमा बोटलर्स नेपाल र समाज लघुवित्त संस्था रह्यो । 

ती दुवै कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । त्यसैगरी कुथेरी बुखरी स्मल हाइड्रोपावर कम्पनी र चिरख्वा हाइड्रोपावर कम्पनीको सेयर पनि ९.९९ प्रतिशतले बढेको छ । सोमबार सबैभन्दा धेरै सेयर घट्ने कम्पनीमा एनआईसी एसिया ग्रोर्थ फण्ड रह्यो। 

सो कम्पनीको सेयर ८.८९ प्रतिशतले घट्यो । त्यसैगरी इमर्जिङ नेपालको सेयर पनि ३.८६ प्रतिशतले घटेको छ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १०.५० अङ्कले घटेर २०८५.८२ विन्दुमा झरेको थियो । सो दिन १४८ कम्पनीको सेयर घट्यो भने ९१ कम्पनीको सेयर बढ्यो । ८ कम्पनीको सेयर भने स्थिर रह्यो । आइतबार एक करोड ५ लाख ७१ हजार १ सय ९९ कित्ता सेयर किनबेच हुँदा चार अर्ब ८ करोड ५६ लाख ७८ हजार ४ सय ७२ रुपैयाँको सेयर कारोबार भएको थियो ।

प्रकाशित: २९ माघ २०८० १५:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App