सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गोदावरीको आमा घरका बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ।
चिसो मौसमलाई विचार गरी बैंकले बालबालिकाको पठनपाठन र दिनचर्यामा समेत मदत पुगोस् भनी विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो। बैंकको यस कार्यबाट आमा घरका बालबालिका लाभान्वित भएको बैंकले जनाएको छ।
प्रकाशित: २९ माघ २०८० ०६:५१ सोमबार