९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

एनसेलको डबल मजा प्याक, बोनसको रूपमा डबल डेटा पाइने

एनसेलले ग्राहकलाई लक्षित गरेर डबल डेटासहित इन्टरनेट सेवाको ‘डबल मजा प्याक’ ल्याएको छ। ग्राहकले मन पराएपछि डबल मजा अफर एनसेलले तीन प्याकका साथ पुनः सञ्चालनमा ल्याएको हो।

यो अफरमा ग्राहकले सात दिनेसमय सीमा रहेको करसहित १०५ रूपैयाँमा पाँच जीबी डेटा वा २०० रूपैयाँमा आठ जीबी डेटा लिन सक्छन्। त्यसैगरी रु. ८८८ मा २८ दिन समयावधि रहेको ८८ जिबी डेटा खरिद गर्न सक्छन्।

यो प्याकको सबैभन्दा ठूलो विशेषता भनेको प्याकको भ्यालिडिटी नसकिँदै गरिने हरेक खरिदमा ग्राहकले उही मूल्यमा डबल डेटा बोनस स्वरूप प्राप्त गर्दछन्।

उदाहरणका लागि, कुनै ग्राहकले आठ जिबी प्याक खरिद गरेको सात दिनभित्र फेरि सोही प्याक खरिद गरेमा ग्राहकले १६ जिबी डेटा बोनसका रूपमा प्राप्त गर्दछ। डबल मजा प्याक खरिद गर्न ग्राहकले एस्ट्रिक्स १७१२३ह्यास डायल गर्न सक्छन्।

साथै हालै मात्र अद्यावधिक गरिएको एनसेल एप वा एनसेलका अन्य कुनै पनि आधिकारिक च्यानलमार्फत यो प्याक किन्न सकिन्छ।

प्रकाशित: २५ माघ २०८० ११:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App